Become a Member
Additional 10% off on stays
OYO for Business
Trusted by 5000 Corporates
List your property
Start earning in 30 mins
0124-6201611
Call us to Book now
English
Login / Signup

श्री ईच्छा कामना मन्दिर

श्री ईच्छा कामना मन्दिर संरक्षण समिति
मन्दिर को बारेमा
चितवन जिल्लाको उत्तरी पहाडी भागमा फिस्लिङ बजारभन्दा माथि डाँडामा इच्छाकामना देवीको सुन्दर मन्दिर छ । यो मन्दिर गोरखाको कफेक डाँडामा पर्ने मनकामनाको सीधा दक्षिणतिर पर्दछ । मनकामना र इच्छाकामना दुइटै मन्दिर आमुन्नेसामुन्ने डाँडामा छन् । भक्तहरूको इच्छा पूरा गर्ने मानिएकाले यी देवीलाई इच्छाकामना भनिएको हो । गोरखाका मनकामना र गोरखकाली तथा तनहुँकी छिम्केश्वरीलाई दिदीबहिनी मान्ने चलन छ । इच्छाकामनालाई पनि किंवदन्तीहरूमा मनकामनाकी बहिनी भनिएको छ । किंवदन्ती अनुसार, एक पटक मनकामना र इच्छाकामनाबीच को ठूलो हो भन्ने विषयमा झगडा परेछ । इच्छाकामनाले मनकामनालाई उनको मन्दिरमा सुँगुर पनि बलि चढाइयोस् भन्ने श्राप दिइछन् । मनकामनाले पनि इच्छाकामनालाई उनको मन्दिरमा कुनै पनि भक्तहरू नपुगून् भन्ने श्राप दिइछन् । भएको पनि त्यस्तै देखिन्छ । मनकामनामा दिनहुँजसो भक्तहरूको भीड लाग्दछ भने इच्छाकामनामा विरलै मात्र भक्तहरू पुग्दछन् । गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने इच्छाकामना मकवानपुरको उत्तरी किल्ला थियो । तसर्थ इच्छाकामनाको स्थापना पनि मकवानपुरे सेनहरूले उत्तरी किल्लाका रूपमा रहेको पहाडको टुप्पामा गराएका हुन् । सम्भवतः पाल्पाली राजा मुकुन्द सेनले यी देवीको प्रतिष्ठापन गराएका हुन भन्ने कुरा स्थानीय हरु बताउछन्। इच्छाकामनाको मन्दिर तले शैलीको सामान्य दुई वटा छानायुक्त छ । पछिल्लो समयमा यति धेरै सत्यता र शक्ति रहेको ईच्छा कामना मन्दिर मा कोही भक्तजन हरु नगएपछि सम्पुर्ण भक्तजन हरुले माताको आसिर्वाद प्राप्त गर्न सकुन भन्ने उदेश्यले स्थानिय भक्तजन हरुको सकृयतामा, तिनै ईच्छा कामना माताको अंश स्वरुप अर्को मुर्ति प्राणप्रतिष्ठा गरि कुरिनटार मा बिसाल मन्दिर सहित, धार्मिक संरचना हरु तयार गरिएको छ।
मंदिर प्रबन्धन समिति
सामाजिक संचालन
False
मंदिर विशेष दिन १
मंदिर विशेष दिन २
मंदिर विशेष दिन ३
मंदिर विशेष दिन ४
सत्संग दिन

We're here

मन्दिर व्यवस्थापन समिति
जिल्ला
ताप्लेजुङ पाँचथर तेह्रथुम संखुवासभा सोलुखुम्बु भोजपुर खोटाङ इलाम उदयपुर ओखलढुंगा झापा धनकुटा मोरङ सुनसरी पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिरहा सप्तरी काठमाडौं ललितपुर भक्तपुर काभ्रे सिन्धुपाल्चोक दोलखा धादिङ नुवाकोट मकवानपुर रसुवा रामेछाप चितवन सिन्धुली कास्की गोरखा नवलपरासी परभाट तनहुँ बाग्लुङ म्याग्दी लमजुङ स्याङ्जा मनाङ मुस्ताङ परासी दाङ गुल्मी कपिलवस्तु अर्घाखर्ची पाल्पा रुकुम पूर्व प्युठान बाँके बर्दिया रुपन्देही रोल्पा रुकुम पश्चिम मुगु दैलेख डोल्पा जुम्ला जाजरकोट कालिकोट सल्यान सुर्खेत हुम्ला कैलाली कञ्चनपुर अछाम डडेल्धुरा डोटी दार्चुला बझाङ बाजुरा बैतडी