Become a Member
Additional 10% off on stays
OYO for Business
Trusted by 5000 Corporates
List your property
Start earning in 30 mins
0124-6201611
Call us to Book now
English
Login / Signup

श्री सीता गुफा

श्री सितागुफा संरक्षण समिति
मन्दिर को बारेमा
देवघाटस्थित सीता गुफा काली गण्डकीको खोचमा पर्छ । यहीँ खोंचमा त्रेता युगमा भगवान श्रीराम पत्नी सीता अलप भएको विश्वास गरिन्छ । यो खोच ‘साँच्चिकै पो हो कि’ भन्ने जस्तो पनि रहेको देखिन्छ । तल छेवैमा उर्लंदो काली गण्डकी त्यही नदीको किनारा खोचमा ठूला चिरा र भासिएका स्थानहरू छन् । माथिबाट हाम फालियो भने बच्न सक्ने अवस्था छैन । काली गण्डकीले क्षणभरमै त्रिशुली मिसिएको देवघाट दोभान पुर्‍याइहाल्छ । तनहुँ जिल्लामा पर्ने देवघाट त्रिशुली र काली गण्डकीको दोभान हो । यो पवित्र धार्मिक स्थल पनि हो । यहाँ मृतकहरूको सतगत गरेमा मृतक पाप मुक्त भएर स्वर्ग जान्छन् भन्ने विश्वास अहिले पनि कायमै छ । दोभानको कालीगण्डकीतिर केही पर सिता गुफा रहेको छ । त्यहाँ सीताले भासिएको जमिनमा हाम फालेर देह त्याग गरेको भनी सीताको आधुनिक वा चित्रकारिता मूर्ति स्थापना गरिएको छ । सीता हाम फालेको भासिएको स्थान नजिकै विश्वामित्र ऋषिले तप गरेको गुफा पनि रहेको छ । यो गुफा आफैमा अदभूत रहेको छ । गुफाभित्र पस्दा काली गण्डकीको बहाव, तरंग र छालको स्पष्ट आभाष हुन्छ । तर त्यहाँ रामका जुम्ल्याहा छोरा लव र कुशको कुनै पनि उल्लेख गरिएको सांकेतिक चिन्हहरू पाइँदैन । धर्मशास्त्र रामायणमा लव र कुश विश्वामित्रको कुटीमा जन्मिएका, हुर्किएका र धनुर्विद्या सिकेका भनी उल्लेख गरिएको छ । बरू सीता अलप भएको स्थान र ऋषि विश्वामित्र गुफाको बीच दक्षिणतिर अर्धनारीश्वर शिवको मूर्ति स्थापना गरिएको छ । उक्त मूर्तिमा आधा शिव र आधा पाार्वतीको शरीर बनाएर एकाकार गरी नारी पुरूष एकअर्कामा अभिन्न छन् भनी पुष्टि गर्न प्रयास गरिएको छ । यसको संरक्षणका लागि त्यहाँ माता रहने गरेको र उनीसँग उनका महिला शिष्य तथा सहयोगीहरू रहने गर्दछन् ।
मंदिर प्रबन्धन समिति
सामाजिक संचालन
False
मंदिर विशेष दिन १
मंदिर विशेष दिन २
मंदिर विशेष दिन ३
मंदिर विशेष दिन ४
सत्संग दिन

We're here

मन्दिर व्यवस्थापन समिति
जिल्ला
ताप्लेजुङ पाँचथर तेह्रथुम संखुवासभा सोलुखुम्बु भोजपुर खोटाङ इलाम उदयपुर ओखलढुंगा झापा धनकुटा मोरङ सुनसरी पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिरहा सप्तरी काठमाडौं ललितपुर भक्तपुर काभ्रे सिन्धुपाल्चोक दोलखा धादिङ नुवाकोट मकवानपुर रसुवा रामेछाप चितवन सिन्धुली कास्की गोरखा नवलपरासी परभाट तनहुँ बाग्लुङ म्याग्दी लमजुङ स्याङ्जा मनाङ मुस्ताङ परासी दाङ गुल्मी कपिलवस्तु अर्घाखर्ची पाल्पा रुकुम पूर्व प्युठान बाँके बर्दिया रुपन्देही रोल्पा रुकुम पश्चिम मुगु दैलेख डोल्पा जुम्ला जाजरकोट कालिकोट सल्यान सुर्खेत हुम्ला कैलाली कञ्चनपुर अछाम डडेल्धुरा डोटी दार्चुला बझाङ बाजुरा बैतडी