Become a Member
Additional 10% off on stays
OYO for Business
Trusted by 5000 Corporates
List your property
Start earning in 30 mins
0124-6201611
Call us to Book now
English
Login / Signup

देवघाट क्षेत्र संरक्षण समिति

देवघाट क्षेत्र संरक्षण समिती
मन्दिर को बारेमा
नेपालको मध्यभागमा अवस्थित देवघाट धाम विश्वकै सर्वाेत्तम तीर्थस्थल हो । च्यवन, वशिष्ठ, विश्वावसु, नारद प्रभृति मुनिगणले निसेवित स्वर्गका देवताहरू प्रतिवर्ष माघे संक्रान्तिमा स्नान गरी सभा गर्ने, गन्धर्व किन्नरहरूको विहारभूमि, जहाँ भगवान पशुपतिनाथ पनि सपरिवार पर्व–पर्वमा आई बस्ने कुरा पुराणहरूमा उल्लेख भएको छ । जगत्पावनी कृष्णागण्डकी र त्रिशुली नदी तथा देवगङ्गाको (देउती खोला) संगम विन्दु देवघाटलाई शास्त्रमा सिद्धाश्रम, शम्भुतपोवन, सप्तर्षितपोवन, हरिहर क्षेत्र, शालग्रामक्षेत्र, देवाट, आदिप्रयाग, कदम्बतीर्थ, गजेन्द्रतीर्थ, चक्रतीर्थ भनी वर्णन गरिएको छ । धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वले परिपूर्ण देवघाट सबै जीवित प्राणीको स्वर्गद्वार हो । नेपालको मध्य भागमा रहेको त्रिशुली र कृष्णगण्डकीको संगम क्षेत्रभित्र रहेको भू–भागलाई देवघाट भनिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशुली र दामोदर कुण्डबाट बगेर कागबेनी हुँदै आएको शालिग्रामगर्भा कृष्णागण्डकी गण्डक ऋषिको गण्डकस्थलबाट उत्पन्न भएको कृष्णधारा यी दुई नदीको मिलन वेणीसंगम हो । गण्डकी नदी समान विश्वमा पुण्यदायिनी कुनै नदी वा तीर्थ छैन, द्वादशी समान पुण्यतिथि अरु छैन भन्ने कुरा स्कन्दपुराणमा चर्चा गरिएको छ । सत्ययुगमा उत्तम तीर्थ पुष्कर, त्रेतामा मिथिला, द्वापरमा मधुपुरी (मथुरा) हो भने कलियुगमा गण्डकी नदी र यसका आसपासका क्षेत्रहरू पुण्यदायी, कल्मष नाशक तथा वैकुण्ठादि लोक प्राप्त गराउने बताइएको छ । पछि सूर्यलोक प्राप्त हुनुको साथै शरीरका वाह्यभ्यन्तर रोगहरू पनि नाश हुने बताइएको छ । वराहपुराणमा वर्णन भएअनुसार शंकरले गण्डकी क्षेत्रमा पाँच दिन बसेर गाई चराउनु भएकोले गर्दा नै यस क्षेत्रलाई हरिहर क्षेत्र पनि भनिएको छ । विष्णुको प्रक्षलित जल भागीरथीको जो महत्व बुझिन्छ उनै भगवान साक्षात कृष्णा गण्डकीमा सर्वाङ्ग डुबेर बस्नुभएकोले भागीरथीभन्दा हजार गुणा पुण्यदायिनी छिन् भन्ने कुरा शास्त्रमा वर्णन गरिएको छ । त्यस्तो जगत् पावनी कृष्णा गण्डकीको र त्रिशुलीको संगम देवघाट हो । भगवान शंकरले कालकूट विष पान गरेपछि असह्य हुँदा त्रिशूल प्रहारबाट उत्पन्न भएको गोसाइँकुण्डबाट प्रवाहित त्रिशूली, जसमा नदीहरू बूढीगण्डकी, मस्र्याङ्दी, मादी, चेपे, तादी, सेती, दरौँदी, वेत्रावती समाहित छन् भने दामोदरकुण्डबाट प्रवाहित कष्णा गण्डकीमा रुरु, रुद्रमती, आँधी, सेतीवेनी, मोदीवेनी, मङ्गला, रहू, मृषा आदि नदीहरू मिलेका छन् । यसरी कृष्णागण्डकी, शुक्लागण्डकी र देवगङ्गा (देउती खोला) मिली बनेको संगमलाई देवघाटधामको त्रिवेणी पनि भनिन्छ । त्रिशूलीको पनि शास्त्रमा ठूलो महत्व बताइएको छ । त्योभन्दा बढी महत्व कृष्णागण्डकीको छ । स्वर्गको भ-याङ बनेकी कृष्णा गण्डकी क्षेत्रमा यमदूतहरू प्रवेश गर्न सक्दैनन् भनी स्कन्दपुराणमा वर्णन गरिएको छ । गयामा पिण्डदान गर्दा जति पितृहरू खुसी हुन्छन् त्योभन्दा बढी देवघाट बेनीमा पिण्डदान गर्दा खुसी हुन्छन् । जीवनमा एकपल्ट काली नदीको दर्शन मानव भएर गरेको छैन भने त्यसका सबै प्रयासहरू निष्फल हुन्छन् । अन्य तीर्थमा सय हजार पटक स्नान गरेको पुण्य देवघाट वेणी संगम वा कृष्णा गण्डकीमा एक पटक स्नान गर्दा पुण्य मिल्दछ । मुक्तिधारा पनि भनिएको देवताहरू वर्षैपिच्छे माघे संक्रान्तिमा यस पवित्रतम देवघाटमा आएर विहार गर्ने, सभा गर्ने, स्नान गर्ने भन्ने कुरा शास्त्रमा गरिएको छ । देवघाटहरि र हरको साधनाभूमि जसलाई माथि उल्लेख गरिएजस्तै हरिहर क्षेत्र पनि भनिन्छ । वर्षा ऋतुमा सबै नदी रजस्वला मानिए पनि शालिग्राम गर्भमा सदावहार धारण गर्ने हुनाले कष्णागण्डकीमा सधैँ स्नान गर्दा दोष नलाग्ने अझ दोब्बर पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख छ । विश्वमा प्रसिद्ध जगत्पावनी तीन नदीहरू छन् । एक नेपालमा रहेको कृष्णागण्डकी काली नदी हो । विश्वमा शालिग्राम प्राप्त हुने कुनै नदी छैनन् । त्यसैगरी दोस्रो जगत्पावनी नदी हो नर्मदा, जहाँ नदीको अन्तगर्भमा नै नर्मदेश्वर महादेव हजारौँ लाखौँ प्राप्त हुन्छन् । तेस्रो नदी भागीरथी गंगा, जसलाई स्वर्नदी (स्वर्गकी नदी) भनेर पनि चिनिन्छ । विश्वमा चर्चित ती नदीमध्ये कृष्णगण्डकी नेपालको देवघाट वेणी संगममा एकाकार भएर नारायणीको रूप धारा गर्न पुगेकी कृष्णधारा जसको मिलन विन्दु क्षेत्रलाई देवघाट भनिन्छ । देवघाट क्षेत्रमा विभिन्न दर्शनीय मठ मन्दिर, गुफा र आश्रमहरू रहेका छन् जसमध्ये मुकुन्देश्वर महादेव चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, पागलबाबा अघोर आश्रम, हरिहर आश्रम, महेश आश्रम, प्राणनाथ अनाथ आश्रम, कालिका मन्दिर, पशुपतिनाथ मन्दिर, सीतागुफा, वशिष्ठ गुफा, सूर्यकुण्ड, नेछेन थार्वलिङ बौद्ध गुम्बा (देवपुर), साँढेबगरको जलकुण्ड (महादेव मन्दिर), सत्यनारायण मन्दिर, केदारनाथ मन्दिर, श्री बद्रीनाथ मन्दिर, साई आश्रम, श्री स्वस्थानी परमेश्वरी मन्दिर, राधाकृष्ण मन्दिर एवं दुर्गा पञ्चायन मन्दिर, अभय वेदान्त साधना कुटीर, बराहमूर्ति तथा विष्णुपादुका, गङ्गामाता मन्दिर, ॐ शान्ति मैयादेवी ट्रष्ट सेवा संस्था, इन्दिरा सन्यास आश्रम (श्री दुर्गापञ्चाङ्ग शक्तिपीठ मन्दिर), अद्वैत संस्था आचार्यपीठ, कौडिन्य ऋषि आश्रम, शंङ्राचार्य मठ (चितवन), सीताराम मन्दिर (चितवन), लक्ष्मीनारायण मन्दिर (चितवन) शरणागती आश्रम (चितवन) सङ्कल्पेश्वर हनुमान मन्दिर (चितवन), श्री वागीश्वरी आध्यात्मिक परिषद् (चितवन वागिश्वरी क्षेत्र), विश्वशान्ति यज्ञशाला मन्दिर, अखण्ड दीपज्योति शिव मन्दिर (चितवन), श्री हरिकीर्तन वैदिक धर्मशाला, आनन्द साई श्रीराम कुटी अखण्ड धुना आश्रम, लिङ्गेश्वर शिवमन्दिर, देवघाट एनआरएन वृद्धाश्रम आदि रहेका छन् भने नवलपुरतर्फ मौलाकालिका, लक्ष्मी नृसिंह दिव्यधाम, श्री निम्बार्क दर्शन केन्द्र (राधाकृष्ण मन्दिर), शुकदेव भागवत् आश्रम आदि रहेका छन् । मौलाकालिका मन्दिरको सन्दर्भमा नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिकाअन्तर्गत, पूर्व–पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किमि टाडा समुद्रसतहदेखि पाँच सय ६१ मिटर उचाइ पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ । ऐतिहासिक रूपमा, यो भनिएको छ कि १६औँ शताब्दीमा पाल्पाली राजाले देवी कालिकाको नाममा ‘प्रतीक’को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड)को नाम राखिएको थियो । हिन्दु पौराणिक कथाअनुसार देवी काली वा कालिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुवातको प्रतीकको रूपमा मानिन्छ । देवघाटमा मनाइने धार्मिक चाडपर्वहरूमा नववर्ष (वैशाख संक्रान्ति), वैशाख शुक्ल पञ्चमी, चण्डी पूर्णिमा (वुद्ध जयन्ती), अक्षय तृतीया, ज्येष्ठ शुक्ल त्रितीया (गलेश्वर बाबाको बृहत् भण्डरा), ज्येष्ठ शुक्ल दशमी, गुरु पूर्णिमा (आषाढ), श्रावण महिनाभरि बोलबम मेला, जनै पूर्णिमा (श्रावण), हरिशयनी एकादशी, भाद्रै कृष्णाष्टमी (श्रीकृष्ण जन्माष्टमी) पितृपक्ष पार्वणश्राद्ध (सोह्र श्राद्ध), नवदुर्गा पूजा, आश्विन शुक्ल पूर्णिमा, हरिबोधिनी एकादशी, बाला चतुर्दशी, पौष पूर्णिमा (स्वस्थानी व्रतरम्भ), मकर स्थान (माघे संक्रान्ति), सरस्वती पूजा (माघ शुक्ल पञ्चमी), स्वस्थानी पूर्णिमा समापन (माघ) महाशिवरात्री (फाल्गुन), रामनवमी, सूर्यग्रहण, चन्द्रग्रहण, गङ्गा आरती आदि हुन् ।
मंदिर प्रबन्धन समिति
सामाजिक संचालन
False
मंदिर विशेष दिन १
मंदिर विशेष दिन २
मंदिर विशेष दिन ३
मंदिर विशेष दिन ४
सत्संग दिन

We're here

मन्दिर व्यवस्थापन समिति
जिल्ला
ताप्लेजुङ पाँचथर तेह्रथुम संखुवासभा सोलुखुम्बु भोजपुर खोटाङ इलाम उदयपुर ओखलढुंगा झापा धनकुटा मोरङ सुनसरी पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिरहा सप्तरी काठमाडौं ललितपुर भक्तपुर काभ्रे सिन्धुपाल्चोक दोलखा धादिङ नुवाकोट मकवानपुर रसुवा रामेछाप चितवन सिन्धुली कास्की गोरखा नवलपरासी परभाट तनहुँ बाग्लुङ म्याग्दी लमजुङ स्याङ्जा मनाङ मुस्ताङ परासी दाङ गुल्मी कपिलवस्तु अर्घाखर्ची पाल्पा रुकुम पूर्व प्युठान बाँके बर्दिया रुपन्देही रोल्पा रुकुम पश्चिम मुगु दैलेख डोल्पा जुम्ला जाजरकोट कालिकोट सल्यान सुर्खेत हुम्ला कैलाली कञ्चनपुर अछाम डडेल्धुरा डोटी दार्चुला बझाङ बाजुरा बैतडी